ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती उपचारकालागि भारतमा रहेका छन् । बैंकको फागुन ३० गते बसेको सञ्चालक समितिको वैठकमा अध्यक्ष उप्रेतीले भर्चुअलरुपमा सहभागीता जनाउँदै आफू उपचारकै क्रममा रहेको बताएका छन् ।
अध्यक्ष उप्रेतीको स्वास्थ्यमा समस्या आए पछि केही समयदेखि भारतमा उपचार गराइरहेको बैंकले जनाएको छ । अध्यक्ष उप्रेती स्वास्थ्यमा सुधार भइसकेपछि जिम्मेवारीमा फर्कने बैंकले जनाएको छ ।
लामो समयदेखि अल्सर लगायतको समस्या भोगीरहेका उप्रेती नियमित स्वास्थ्य परिक्षण गराउँदा बढी नै समस्या देखिएकाले स्वास्थ्यकर्मीको निगरानीमा उपचार गराइरहेको जनाइएको छ । उप्रेतीले स्वास्थ्य उपचारका कारण आफ्नो जिम्मेवारी रहेको ठाउँमा समय दिन नसकेको र अब छिटै नियमित काममा फर्कने बताएको बैंकले जनाएको छ ।
बैंकको मासिक नियमित वैठकमा अध्यक्ष उप्रेती भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गरागाईले जानकारी दिए । वैठकले बैंकको वित्तीय अवस्था, ऋण असुली लगायतका विषयमा निर्णय गर्नुका साथै सहकारीहरुको ऋण असुलीमा सहयोग पुग्ने गरी कार्ययोजना बनाएर सहजीकरण गरिने प्रमुख कार्यकारी अधिकृत गुरागाईले बताए ।
Comment