श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा



काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रिस्तरीय निर्णयबाट सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । विभागले गरेको सिफारिस अनुसार मन्त्रालयले सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा उपदफा ९२० बमोजिम समस्याग्रस्त घोषणा गरिएको विज्ञप्ति मार्फत मन्त्रालयले जानकारी दिएको छ ।

साथै, मन्त्रालयले समस्याग्रस्त घोषणा भएको यस सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको पनि जानकारी दिएको छ ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार १२:४९