सुनचाँदीको मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । बुधबार सुनचाँदीको मुल्य घटेको छ । मंगलबार प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामाा एक हजार रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार ११:१३