काभ्रे जिल्ला संघले लोकगीत प्रतियोगिता गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काभ्रे जिल्ला संघले लोकगीत प्रतियोगिता गर्ने



काभ्रे । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ काभ्रे लोकगीत प्रतियोगिता हुने भएको छ । संघले उक्त जिल्ला स्तरीय प्रतियोगिता गर्न लागेको हो ।

सहकारी सम्बन्धी सन्देशमूलक गीत प्रस्तुत गर्नुपर्ने प्रतियोगितामा एउटा संस्थाबाट ७ जनासम्म सहभागि हुन सक्ने छन् भने प्रत्येक संस्थालाई ७ मिनेटको समय दिइनेछ ।

प्रतियोगहिरुमध्यबाट प्रथम, द्वितीय, तृतीय, सान्त्वना नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

आगामी चैत्र २० हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन चैत्र १७ गतेभित्र नाम लेखाउन संघसंस्थाहरुलाई संघले अपील गरेको छ ।

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलवार १४:२७