सुनकाे मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य स्थिर



काठमाडौं । सुनकाे मुल्य आज पनि उच्च विन्दुमा रहेर स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मुल्य एक लाख २६ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख २५ हजार ४०० रुपैयाँ कायम छ ।

यसअघि आइतबार र सोमबार पनि सुनको सोही मूल्यमा किनबेच भएको थियो । यता, आज चाँदीको मुल्य भने प्रतितोला १० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १४ सय ७५ रुपैयाँ रहेको थियो ।

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलवार १२:०९