टोयोटा महिला मोटर र्‍याली वैशाख ८ गते, सहभागी हुन तीन हजार रुपैयाँ बुझाउनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

मुख्य समाचार

टोयोटा महिला मोटर र्‍याली वैशाख ८ गते, सहभागी हुन तीन हजार रुपैयाँ बुझाउनुपर्ने



काठमाडौं। टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा महिला र्‍याली निकाल्ने घोषणा गरेको छ। कम्पनीले आगामी वैशाख ८ गते र्‍याली निकाल्ने घोषणा गरेको हो।

अटोमोटिभ उद्योगमा महिलाहरूको साहसिक र सौहार्द भावनाको प्रवर्धन गर्दै उत्सव मनाउनु र्‍यालीको मुख्य उद्देश्य भएको कम्पनीले जनाएको छ।

र्‍यालीमा सहभागी हुन ३ हजार रुपैयाँ बुझाउनु पर्छ। यसका लागि दर्ताको मिति फागुन ३० देखि चैत २८ गतेसम्म तोकिएको छ। र्‍यालीका विजेता महिलाले पुरस्कार पाउनेछन्।

पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ दिइने कम्पनीले जनाएको छ। सन् २००४ देखि वर्षेनि र्‍याली निकाल्दै आएकामा कोभिडपछि स्थगित भएको थियो।

प्रकाशित : २७ फाल्गुन २०८०, आईतवार १७:१९