सुनचाँदीको मूल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन, आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार रुपैयाँ रहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ। आज चाँदी प्रतितोला एक हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : २५ फाल्गुन २०८०, शुक्रबार ११:४१