सुनको मुल्यले लगातार नयाँ रेकर्ड कायम गर्दै, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यले लगातार नयाँ रेकर्ड कायम गर्दै, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सुनको मुल्यले लगातार तेस्रो दिन पनि उचाई कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १५०० रुपैयाँले बढेर एक लाख २५ हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।

यसअघि बुधबार छापावाल सुन हालसम्मकै उच्च प्रतितोला एक लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख २२ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँले बढेर १४ सय ७० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहीबार ११:४४