माहुली सामुदायिकको अाइपिअो स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माहुली सामुदायिकको अाइपिअो स्वीकृत



काठमाडौँ ६ चैत ।माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले प्रति कित्ता १०० अंकित  एक करोड २० लाख रुपैयाँ बराबरका शेयर निष्कासनको अनुमति दिएको हो। माहुलीले प्राथमिक शेयर निष्कासनकोलागि एनसीएम मर्चेन्ट बैंकलार्इ बिक्री प्रबन्धक तोकेको छ ।

माहुली लघुवित्तले सप्तरीको वकधुवामा केन्द्रीय कार्यालय स्थापना गरि १० जिल्लामा सेवा बिस्तार गरेको छ । हाल सप्तरी, सिराहा, उदयपुर, भोजपुरदेखि रामेछाप र पूर्वमा सुनसरीसम्म सेवा बिस्तार गरेको छ। पछिल्लो वार्षिक विवरण अनुसार चुक्ता पूँजी दुई करोड १५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : ६ चैत्र २०७३, आईतवार ०६:११