सुनको मुल्य इतिहासकै महंगो, कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य इतिहासकै महंगो, कतिमा हुदैछ काराेबार ?



काठमाडौं । बुधबार सुनको मुल्य इतिहासकै महंगो भएको छ । मंगलबार प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख २२ हजार नाै‌ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य आज पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार ११:०५