सहकारी सदस्य जागरण कार्यक्रम अन्तर्गत चौथो दिनको अन्तर सम्वाद कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी सदस्य जागरण कार्यक्रम अन्तर्गत चौथो दिनको अन्तर सम्वाद कार्यक्रम सम्पन्न



चरिकोट। सहकारी सदस्य जागरण कार्यक्रम अन्तर्गत चौथो दिनको अन्तर सम्वाद कार्यक्रम दोलखा जिल्लाको चरिकोटमा सम्पन्न भएको छ ।

बागगमती बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजना तथा जिल्ला सहकारी संघ लिमिटेड दोलखा र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको सह आयोजनामा सहकारीको वर्तमान अवस्था र सम्भावित निकासका उपायहरु विषयक १ दिने अन्तर्सम्वाद कार्यक्रम दोलखा जिल्लाको चरिकोट नगरपालिका स्थित मिमिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको हलमा फाल्गुन २२ गते सम्पन्न भएको हो ।

संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनको अध्यक्षता, सचिव देवराज न्यौपानेको सञ्चालन तथा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको प्रमख आतिथ्यता, बागमती प्रोस्कून का महासचिव जिवसराज खड्का, जिल्ला सहकारी संघ लि.दोलखा. का अध्यक्ष देवी प्रसाद शर्मा, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष भूमिराज खड्का, नेफ्स्कूनका निवर्तमान सिइअेा प्रकाश प्रसाद पोखरेल, सहकारी मेनेजर्स क्लव दोखाका अध्यक्ष, राष्ट्रिय सहकारी बैक चरिकोट शाखा प्रमुख, नेफ्स्कून फिल्ड कार्यालय दोलखाका प्रमुख लगायतकाे आतिथ्यतामा सम्मन्न कार्यक्रममा संघकाे तर्फबाट लेखा सुपरीवेक्षण समितिका संयोजक नेत्रराज पौडेल, महासचिव भिमप्रसाद दहाल र व्यवस्थापक रुपक घिमिरे लगायत दोलखा जिल्लाका विभिन्न सहकारी संघ/संस्थाहरुबाट १५० जना सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहकारी विज्ञ प्रकाश प्रसाद पोखरेल र जिल्ला सहकारी संघ लिमिटेड दोलखाका अध्यज्ञ देवीप्रसाद शर्माले सहकारीको वर्तमान अवस्था र सम्भावित निकासका उपायहरुको विषयमा प्रस्तुतीकरण गरी सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए ।

सहकारीमा प्रविधिको प्रयोगको बारेमा पायोनियर एशोसिएट प्रा. लि.का मेनेजर सन्दीप रानाभाट र मोवाईल फाईनान्स टेक्नोलोजि प्रा. लि.का मनिष श्रेष्ठले प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रमका प्रमूख अतिथि बर्जुराम घतानीले सहकारी अभियानलाई शुध्दीकरण गर्नका लागि सहकारीकर्मी र अभियन्ता आफैबाट शुरुवात गर्नुपर्ने धारणा राख्दै दोलखा जिल्लामा सहकारीको वर्तमान अवस्था सामान्य रहेको र सानोतिनो बाहेक समस्याहरु देखिई नसकेको जानकारी गराएका थिए ।

कार्यक्रमका सभाध्यक्ष जगतलाल महर्जनले बागमती प्रदेश सहकारी संघले अहिले सञ्चालन गरिरहेको सदस्य जागरण कार्यक्रमले जिल्ला जिल्लाका सहकारीहरुको अवस्थाको बारेमा जानकारी प्राप्त भएको र अभियानलाई सुदृढ बनाउनका लागि यस प्रकारको कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिदै कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि लगायत सम्पूर्ण सहकारीकर्मी हरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

संघका महासचिव भिमप्रसाद दहालले स्वागत मन्तव्यद्वारा कार्यक्रममा उपस्थित सम्पूर्ण दोलखावासी सहकारीकर्मीहरुलाई कार्यक्रममा स्वागत गरेका थिए ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार ०८:४६