प्रधानमन्त्री प्रचण्डले भने, ‘म रहेसम्म देशमा उथलपुथल भइरहन्छ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रधानमन्त्री प्रचण्डले भने, ‘म रहेसम्म देशमा उथलपुथल भइरहन्छ’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू रहेसम्म देशमा उथलपुथल आइरहने बताएका छन् । कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग सहकार्य थालेकै दिन सोमबार शहीद सप्ताहको समापनका अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘कतिपयले प्रचण्डले उथलपुथल गरे भनेका छन्’। उनले भने, ‘जनताका पक्षमा हरेक घेराबन्दी तोडदै आएका छौं । प्रचण्ड रहेसम्म उथलपुथल भइरहन्छ ।’

‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई राष्ट्रियसभागृहमा सम्बोधन गर्दै उनले क्रान्तिकारी शक्तिहरु एकै ठाउँमा आउनुपर्ने बताए।

उनले भने, ‘कमरेड विप्लव उठ्दा तपाईंहरुमा एउटा तरंग पैदा हुन्छ । म त म भइहालें । म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ । मलाई प्रतिक्रियावादी शक्तिहरुबाट घेरा हालेर सिध्याउने धेरै प्रयासहरु भए । घेरा तोड्दै आएका छौं, तोड्छौं । त्यसैले हामी क्रान्तिकारी शक्तिहरु एकै ठाउँमा आउने बाटो खोजौं ।’

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार १६:२७