काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश दिने निर्णय गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित बोनस सेयर नियामक नेपाल बिमा समिति र प्रभुको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
Comment