एकै दिन तोलामा दुई हजार रूपैंया बढ्याे सुनकाे मुल्य, आज कतिमा हुँदैछ कारोबार? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एकै दिन तोलामा दुई हजार रूपैंया बढ्याे सुनकाे मुल्य, आज कतिमा हुँदैछ कारोबार?



काठमाडौं । सुनको मुल्य आइतबार तोलामा दुई हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा दुई हजार रुपैयाँले बढेर प्रतितोला एक लाख २१ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख २० हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २० फाल्गुन २०८०, आईतवार ११:५५