सिटिजन्स बैंकको घर कर्जा, ७ वर्षसम्म एकल अंकको ब्याजदरमै ऋण पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकको घर कर्जा, ७ वर्षसम्म एकल अंकको ब्याजदरमै ऋण पाइने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने योजना ल्याउको हो।

बैंकले ७ वर्षको लागी स्थिर रहने गरि ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १ प्रतिशत बढीको प्रिमियम दर लागु हुने बैंकले जनाएको छ। तर, कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ ।

घर कर्जा अन्तर्गतका अन्य सुविधामा निस्शुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित : १८ फाल्गुन २०८०, शुक्रबार १५:३१