सुनचाँदीकाे मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीकाे मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । शुक्रबार सुनको मुल्य तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला एक लाख १९ हजार रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मुल्य एक लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, शुक्रबार चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १८ फाल्गुन २०८०, शुक्रबार ११:२८