प्रहरीको बुझाइ गलत भएकाे बैंकर्स संघको निष्कर्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रहरीको बुझाइ गलत भएकाे बैंकर्स संघको निष्कर्ष




काठमाडौं । नेपाल बैंकर्स संघले गृह मन्त्रालयसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाका बारेमा जानकारी गराउने निष्कर्ष निकालेको छ।

बुधबार बिहान बसेको संघको पूर्ण बैठकले धितोका बारेमा प्रहरीको बुझाइ गलत भएको निष्कर्ष निकाल्दै यस विषयमा नियामक राष्ट्र बैंकलाई वर्तमान घटनाक्रमबारे जानकारी गराउने र गृहमन्त्रालय सहित प्रहरीलाई बुझाउने निर्णय गरेको एक बैंकका सिइओले बताए ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिले मंगलबार प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहित ११ जनालाई पक्राउ गरेपछि बैंकर्स संघले बुधबार बिहान आकस्मिक बैठक डाकेको थियो।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार १२:४६