एनआईसी एसिया बैंकको पाँच लाख १३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनआईसी एसिया बैंकको पाँच लाख १३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा



काठमाडौं । एनआइसी एसिया बैंकले फागुन १६ गते बुधबारदेखि पाँच लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ। यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सकिने बिक्री प्रवन्धक एनआइएमबी एस क्यापिटलले जनाएको छ ।

फागुन २७ गतेसम्म आवेदन दिन सकिने संस्थापक सेयरको प्रतिकित्ता मुल्य २०८ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर सहभागी बन्न सक्नेछन् । आवेदकले एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार ११:५५