स्ट्याण्डर्ड चार्टर्डको एफपिओ भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्ट्याण्डर्ड चार्टर्डको एफपिओ भर्ने आज अन्तिम दिन



काठमाडौं, ४ चैत । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको फर्दर पब्लिक अफरिङमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले चैत १ देखि ३ अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता फर्दर पब्लिक अफरिङ एफपिओ निष्काशन गरेको थियो । उक्त एफपिओमा चैत ४ गते अर्थात आजसम्म आवेदन दिन सकिन्छ ।

बैंकले अंकित मूल्य १०० रुपैयाँमा ११९० प्रिमियम थपेर प्रतिकित्ता १२९० मा एफपिओ निष्काशन गरेको हो ।
बैंकको एफपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता ९१२ हजार ९ सय रुपैयाँ० देखि अधिकतम २५ हजार ८८० कित्ता ९३ करोड ३३ लाख ८५ हजार २०० रुपैँया० सम्म आवेदन दिन सक्नेछन् ।

एफपिओ निष्काशनपछि बैंकको शेयर संरचना ७० दशमलव २१ प्रतिशत सस्थापक र २९ दशमलव ७९ प्रतिशत सर्बसाधारणको हुनेछ । हाल ३ अर्ब ७४ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले एफपिओ निष्काशनपछि चुक्ता पूँजी ४ अर्ब ५७ लाख रुपैयाँ पुग्नेछ ।बैंकको शयरलाई इक्रा नेपालले ग्रेड टु प्लस रेटिङ प्रदान गरेको छ ।

प्रकाशित : ४ चैत्र २०७३, शुक्रबार ०६:१३