निर्जीवन बीमा कम्पनीहरुले भित्र्याए २२ अर्ब ३९ करोडकाे व्यवसाय, नम्बर वान बन्यो शिखर इन्स्योरेन्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निर्जीवन बीमा कम्पनीहरुले भित्र्याए २२ अर्ब ३९ करोडकाे व्यवसाय, नम्बर वान बन्यो शिखर इन्स्योरेन्स



काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ३९ करोड २२ लाख ८७ हजार रुपैंया बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार १४ निर्जीवन बीमा कम्पनीले यस अवधिमा १६ लाख ७१ हजार १०६ वटा बीमा पोलिसि मार्फत सो बराबरको बीमाशुल्क संकलन गरेका हुन्।

निर्जीवन बीमा कम्पनीहरुले माघ महिनामा मात्रै दुई लाख ५० हजार ३० वटा बीमालेख मार्फत दुई अर्व ९९ करोड ६२ लाख ६५ हजार रुपैंया बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

यो अवधिमा सबैभन्दा धेरै बीमाशुल्क शिखर इन्स्योरेन्सले आर्जन गरेको छ । शिखरले सात महिनासम्ममा दुई अर्ब ८९ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । त्यसैगरी, सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी (सलिको) ले दुई अर्ब ६७ करोड २१ लाख र सिद्दार्थ प्रिमियरले २ अर्ब २६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, आईजीआई प्रुडेन्सियलले एक अर्ब ९३ करोड ९५ लाख, हिमालयन एभरेष्टले एक अर्ब ८६ करोड ८७ लाख र नेकोले एक अर्ब ८७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यूनाइटेड अजोड इन्स्योरेन्सले एक अर्ब ५२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले एक अर्ब ४३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले एक अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योेरेन्स कम्पनीले एक अर्ब आठ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ९७ करोड रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्स कम्पनीले ९३ करोड, नेपाल इन्स्योरेन्सले ८७ करोड र नेशनल इन्स्योरेन्सले ६९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलवार १८:१७