काठमाडौं । मंगलबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ कायम रहेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार पनि सुनको मुल्य सोही रहेको थियो।
यता, आज चाँदीको मुल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो।
Comment