साविक ज्योति लाइफ इन्स्योरेन्सको सेयरको लक इन पिरियड सकिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

साविक ज्योति लाइफ इन्स्योरेन्सको सेयरको लक इन पिरियड सकिँदै



काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्सको सेयरको लक इन पिरियड चैत २० गतेदेखि सकिने भएको छ । संस्थापक सेयर, संस्थापकबाट सर्वसाधारणमा परिणत भएको सेयर र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि समाप्त भई कारोबारमा आउन लागेका हुन् ।

हाल यसको कुल एक करोड ४२ लाख ६६ हजार ३२३.५० कित्ता सेयर लक इनमा रहेको छ । जसमध्ये संस्थापक समूहको एक करोड एक लाख ७५ हजार, संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार र कर्मचारीहरुलाई सुरक्षित गरिएको दुई लाख ९९ हजार कित्ता सेयर रहेका छन् । उक्त सेयर साविक सूर्या लाइफसँग मर्जर भएपश्चातको कायम हो ।

लक इन अवधि सकिएसँगै संस्थापक सेयरधनी र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । साविकका ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स मर्ज भएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार हुँदै आएको छ । साविकको ज्योति लाइफ इन्स्योरेन्सले आइपीओ बाँडफाँट गरेपछि संस्थापक र कर्मचारीको सेयर लक इनमा रहेको छ ।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलवार ११:४९