क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने, डाक्याे साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने, डाक्याे साधारण सभा



काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ५ गते वार्षिक साधारण सभा बस्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको हो।

सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने मुल्य प्रस्ताव पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, सभाले स्वतन्त्र सञ्चालको पनि निर्वाचन गर्नेछ ।

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार १२:०९