सुनचाँदीको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । आइतबार सुनचाँदीको मुल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा पाँच सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १७ हजार नौं सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १३ फाल्गुन २०८०, आईतवार १२:०३