सन नेपाल लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा, हकप्रद पनि निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सन नेपाल लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा, हकप्रद पनि निष्काशन गर्ने



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले उक्त लाभांश वितरण पश्चात कायम हुने चुक्ता पुंजीको २७ प्रतिशत (१ः०.२७ अनुपातमा) हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

बोनस सेयरपछि चुक्ता पुँजी तीन अर्ब ९६ करोड १६ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी पाँच अर्ब तीन करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १३ फाल्गुन २०८०, आईतवार ११:५४