जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने घाेषणा



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : १३ फाल्गुन २०८०, आईतवार ११:४१