सूर्यज्योति इन्स्योरेन्सले बनायो सेयरधनीहरुको हातखाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सूर्यज्योति इन्स्योरेन्सले बनायो सेयरधनीहरुको हातखाली



काठमाडौं । सूर्यज्योति इन्स्योरेन्सले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ। कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८०/३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको हो ।

बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

प्रकाशित : ११ फाल्गुन २०८०, शुक्रबार ११:००