काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सात लाख ५३ हजार ८९२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकले यो सेयरको भाउ भने तोकेको छैन । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले फागुन ११ गते देखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।
उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
Comment