राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी, के-के छन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी, के-के छन् ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि नयाँ निर्देशन जारी गरेको छ। बिहीबार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले वाणिज्य बैंक, विकास बैंक, र फाइनान्स कम्पनीको लागि नयाँ निर्देशन जारी गरेको हो ।

नयाँ व्यवस्था अनुसार बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्ने व्यवस्था हटाइएको छ ।

संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ । यो व्यवस्था २०८० चैत १ देखि लागु हुनेछ ।

त्यस्तै कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रकाशित : १० फाल्गुन २०८०, बिहीबार १३:०९