सामान्य उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामान्य उकालो लाग्यो नेप्से



काठमाडौँ, ३ चैत । साताको अन्तिम दिन नेप्से उकालो लागेर बन्द भएको छ । आज नेप्से जम्मा १ दशमलव ३१ अंकले उकालो लागेको छ । आज कारोबारमा आएका १२६ कम्पनीमा बैँकिड.,इन्स्योरेन्स र अन्य समुह बाहेक अरु समुह ओराले लागेका छन । आज बैकिड. १ दशमलव ३१ अंकले, इन्स्योरेन्स कम्पनी ३३ अंकले र अन्य समुह १ दशमलव १६ अंकले उकालो लागेको छ भने बाकि सबै समुह ओरालो लागेका छन । आज जलविधुत १३ दशमलव ८७ अंकले, होटल समुह ६ दशमलव ८३ अंकले, विकास बैँक १ दशमलव ७३ अंकले र फाईनान्स कम्पनी ० दशमलव ०८ अंकले ओरालो लागेका छन् । आज १ करोड ३४ लाख ६ हजार १ सय ७० कित्त सेयर बाट ५३ करोड ७३ लाख भन्दा माथि को कारोबार भएको छ ।

प्रकाशित : ३ चैत्र २०७३, बिहीबार १०:२३