सुनचाँदीकाे मुल्य बढ्याे, कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीकाे मुल्य बढ्याे, कतिमा हुदैछ काराेबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँ भएको छ ।

यसअघि मंगलबार छापावाल सुनको मुल्य एक लाख १८ हजार र तेजावी सुनको मुल्य एक लाख १७ हजार ४५० रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको मुल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला १४ सय १० रुपैयाँ रहेको थियो ।

प्रकाशित : ९ फाल्गुन २०८०, बुधबार ११:३७