राष्ट्र बैंकले भन्याे, ‘हल्लाकाे पछि नलाग्नुहाेला, वित्तिय स्थिति ठिकठाक छ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले भन्याे, ‘हल्लाकाे पछि नलाग्नुहाेला, वित्तिय स्थिति ठिकठाक छ’



काठमाडौं । नेपाल राष्ट्र बैंकले ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति तथा समूहले भ्रामक अभिव्यक्ति दिँदै दुष्प्रचार गरिरहेको भन्दै त्यसमा केन्द्रीय बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केन्द्रीय बैंकले देशमा सञ्चालित बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र सर्वसाधारणको डिपोजिट सुरक्षित रहेको जनाएको छ ।

प्रकाशित : ८ फाल्गुन २०८०, मंगलवार १६:४२