इमानकाे प्रदेश कमिटि गठन, अध्यक्षमा वाग्ले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इमानकाे प्रदेश कमिटि गठन, अध्यक्षमा वाग्ले



इटहरी । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले प्रदेश समिति विस्तार गरेको छ । सोमबार भएको कोशी प्रदेशका सञ्चारकर्मीहरुको भेलाले सञ्जीव वाग्लेको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठान गरेको हो ।

समितिको उपाध्यक्षमा टीका खतिवडा र चीना थापा, प्रमुख सचिवमा सुरेन्द्र भण्डारी, सचिवमा कौशल निरौला कोषाध्यक्षमा हिमाल दाहाल, सह कोषाध्यक्षमा दीपक कटवाल चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा दमन राई, भीम चापागाईँ, मदन गौतम, गणेश साम्पाङ, होमबहादुर बस्नेत र योगेशबाबु काफ्लेलाई चयन गरेको छ ।

भेलामा इमानका केन्द्रीय अध्यक्ष रोयल आचार्य, उपाध्यक्ष डिल्लीप्रसाद सापकोटा, महासचिव रामेश्वर कार्की, सचिव प्रकाश अर्याललगायतको उपस्थिति रहेको थियो । आचार्यले मिडियाहरूको विकास र त्यसका लागि स्थानीय स्रोत साधनको परिचालनलाई आफूहरूले प्राथमिकता दिएको बताए ।

आर्थिक विषयलाई प्रधानता दिएका सञ्चारमाध्यमहरूको संगठनको रूपमा इमानको गठन गरिएको बताउँदै सञ्चार क्षेत्रको विकासको लागि सबैसँग हातेमालो गर्ने बताए । यस्तै, महासचिव कार्कीले इमानको प्रदेश समितिले स्वायत्त तरिकाले काम गर्ने र धेरैभन्दा धेरै सञ्चारसंस्थालाई समेट्नुपर्ने बताए । उपाध्यक्ष सापकोटाले मिडियाहरू सक्षम भए मात्रै त्यसले लोकतन्त्रको समेत सुदृढिकरण गर्ने बताए ।

नवनिर्वाचित वाग्लेले प्रदेश समितिले प्रदेशभरीका मिडियाहरूको विकासको लागि चाँडै योजनाबद्ध काम गर्ने बताए ।

प्रकाशित : ७ फाल्गुन २०८०, सोमबार २०:१४