बैंकिङ कसुर तथा सजाय विधेयकले केवल चेक अनादरको विषयलाई मात्रै समेटेको भन्ने होइन : अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बैंकिङ कसुर तथा सजाय विधेयकले केवल चेक अनादरको विषयलाई मात्रै समेटेको भन्ने होइन : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक २०८० ले केवल चेक अनादरको विषयलाई मात्रै नसमेटेको बताएका छन् । आईतबार प्रनिनिधि सभाको बैठकमा विधेयकको सैद्धान्तिक पक्षमाथि छलफलमा भाग लिँदै सांसदहरुले बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक २०८० चेक अनादरसँग सम्बन्धित विषयमा मात्रै केन्द्रित भएको बताएका थिए ।

सांसदहरुको मन्तव्यपछि जवाफ दिँदै मन्त्री महतले सो विधेयक चेक अनादरको विषयसँग मात्रै सम्बन्धित नभएको बताए । बैंक, वित्तीय संस्था, सहकारी संस्थामा देखापरेका समस्याहरुको विषयलाई विधेयकमा समेटिएको उनले जानकारी दिए ।

‘चेक बाउन्सको विषय मात्रै छैन । बैंक, वित्तीय संस्था, सहकारी संस्था यसको चल, अचल सम्पती मिले मतो वा जाल, परिपञ्च गरी वा हक नभएको सम्पतीमा आफ्नो हक दाबी भएको भनेर अहिले धेरै सहकारी, वित्तीय संस्थाहरुमा समस्याहरु आएको छ, ति समस्याहरु संशोधनमा समेटिएको छ । यो विषयमा ०६४ सालमा बनेको थियो त्यो सँग जोडिएको कहाँ कमी, कमजोरी छ, त्यो विषयलाई मध्यनजर गरेर समेटेर यो संशोधन प्रश्ताव ल्याएको’, उनले भने ।

प्रकाशित : ६ फाल्गुन २०८०, आईतवार १७:१९