बुडोल सामुदायिक साकाेसमा ३६.५८ प्रतिशत तरलता, अन्य सूचक कस्ताे छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुडोल सामुदायिक साकाेसमा ३६.५८ प्रतिशत तरलता, अन्य सूचक कस्ताे छ ?



काठमाडौं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८० माघ मसान्तसम्मको अपिरष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थामा ३६.५८ प्रतिशत तरलता रहेको छ ।

माघ मसान्तसम्म संस्थाको सेयर पुँजी १६ करोड ४२ लाख ४० हजार रहेको छ भने कुल बचत एक अर्ब ४९ करोड ४३ लाख ९५ हजार रुपैंया रहेको छ। संस्थाको जगेडा कोषमा १३ करोड ५४ लाख ५४ हजार रुपैंया रहेको छ ।

संस्थाले एक अर्ब ३३ करोड ६४ लाख ९६ हजार ऋण लगानी गरेको छ । त्यस्तै, यस अवधिमा संस्थामा ४९ करोड ३२ लाख ९१ हजार रुपैंया तरलता रहेको छ भने कुल सम्पती एक अर्ब ८८ करोड ९९ लाख ९७ हजार भन्दा बढी रहेको छ । संस्थामा १८ हजार ५७३ जना सदस्य रहेका छन् भने ऋणी सदस्य संख्या दुई हजार ८१८ रहेका छन् ।

प्रकाशित : ६ फाल्गुन २०८०, आईतवार १५:५३