अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ : विज्ञ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ : विज्ञ



काठमाडौ । विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स लगायत बाह्य क्षेत्र सुधार हुदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञहरुले बताएका छन् । महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह—आयोजनामा भएको नीतिगत बहस कार्यक्रममा बोल्दै बक्ताहरुले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएपनि अझै आन्तरिक क्षेत्रमा किन समस्या भएन भन्दै प्रश्न गरेका छन् ।

अर्थविद् प्रा.डा शिवराज अधिकारीले अब बाह्य क्षेत्र मात्र सहज छ भनेर ढुक्क हुने अवस्था नभएको बताए । उनले भने, ‘बाह्य क्षेत्र ठिक ठाक छ भनेका छौ तर खैत अर्थतन्त्र चलायमान भएको ? अर्थतन्त्रले अब रिफर्म खोजिरहेको छ ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक क्षेत्रमा अझै समस्या रहेको सही भएको बताए । यद्यपि २ वर्ष अघि भन्दा अहिले केही सुधार भएको पाटोलाई भन्ने भुल्न नहुने बताए । आन्तरिक मागमा कमी आउँदा अर्थतन्त्र गतिशिल हुन नसकेको श्रेष्ठको भनाइ छ । उनले भने, ‘सरकारको वित्त व्यवस्थापनमा कमजोरी भइरहेको छ । वित्तिय नीति ७६१ वटा र मौद्रिक नीति एउटा मात्र छ । मौद्रिक नीतिले धेरै सम्बोधन गरेको छ अब वित्तिय नीतिले पनि बुझेर आफ्नो भुमिका निर्वाह गर्नुपर्छ । ’ डा. श्रेष्ठले मौद्रिक नीतिले गेयर परिवर्तन गरिसकेको पनि बताए ।


यता नेपाल बैंकर्स एसोशियसनका अध्यक्ष सुनिल केसीले नेपाली बैंकहरुले ट्याकल गर्नै नसक्ने अवस्थाबाट बाहिर आइसकेको बताए । तरलताको हिसाबले नेपाली बैंक सबैभन्दा उत्तम अवस्थामा रहेको केसीको भनाइ छ । उनले भने, ‘बैंकहरुले ४० वर्षको अवधिमा अधिकांश समय केही न केही चुनौतीको सामना गरिरहनु पर्यो । तैपनि बैकिङ क्षेत्रले गरेको वित्तिय समावेशिताको योगदान उच्च छ । विश्वका शक्तिशाली बैंकहरुमा नकारात्मक संकेत देखिरहेको छ त। नेपालका बैंकहरु सहज अवस्थामा छन् । ’

कार्यक्रममा अधिका‌श उपस्थित वक्ताहरुले अर्थतन्त्र सुधारको आवश्यकता औल्याएका थिए ।

प्रकाशित : ६ फाल्गुन २०८०, आईतवार १४:१५