अर्थतन्त्रका कतिपय परिसूचक सकारात्मक रहे पनि केही क्षेत्रमा अझै चुनौती छन् : प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्रका कतिपय परिसूचक सकारात्मक रहे पनि केही क्षेत्रमा अझै चुनौती छन् : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले अर्थतन्त्रका कतिपय परिसूचकहरु सकारात्मक रहे पनि केही क्षेत्रमा अझै चुनाैति रहेको बताएका छन् । आइतबार देशको अर्थतन्त्रको बर्तमान अवस्थामा प्रतिनिधि सभामा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले भने, अर्थतन्त्र संकटमुक्त भएको छ। कतिपय सूचकहरु लयमा आइसकेका छन् । तर, उत्पादन, रोजगारी र सरकारको खर्चबाट अर्थतन्त्रलाई पूर्ण लयमा फर्काउनेतर्फ चुनौती अझै छ। अहिले सरकारको सम्पूर्ण ध्यान यसैतर्फ केन्द्रित छ’

साथै, यस वर्षको बजेट कार्यान्वयनमा गतवर्षको तुलनामा केहि सुधार भए पनि पहिलो छ महिनाको प्रगति अपेक्षा अनुसार हुन नसकेको प्रधानमन्त्रीको भनाइ छ ।

त्यस्तै, पूँजीगत खर्च हुन नसक्नुका कारणहरुको स्पष्ट पहिचान गरिएको र पूँजीगत खर्च बढाउन केही नयाँ पहल अघि बढाइएको प्रधानमन्त्रीको भनाइ छ । यस अन्तर्गत आयोजना कार्यान्वयन सहजीकरण कार्यविधि तर्जुमा प्रक्रिया अन्तिम चरणमा रहेको र सो कार्यविधि कार्यान्वयनमा आएपछि हरेक आयोजनाको कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी तत्काल समाधानका उपाय खोज्ने र कार्यान्वयन गर्ने वातावरण बन्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रकाशित : ६ फाल्गुन २०८०, आईतवार १४:०७