सुनचाँदीको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । आइतबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेर एक लाख १७ हजार ६०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मुल्य प्रतिताेला एक लाख १७ हजार ५० रुपैयाँ रहेको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मुल्य एक लाख १७ हजार १०० र तेजावी सुनको मुल्य एक लाख १७ हजार ५० रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १४ सय ३० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ६ फाल्गुन २०८०, आईतवार ११:२६