आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ १८ खर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ १८ खर्ब



काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि संघीय सरकारले विनियोजन गर्ने बजेटको सिलिङ (सीमा) तोकेको छ । योजना आयोगले आगामी वर्षका लागि संघीय सरकारले विनियोजन गर्ने बजेटको सीमा १८ खर्बको सिलिङ तोकेको हो ।

शुक्रबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले १८ खर्ब बजेट बनाउन सुझाव आएको बताए । ‘१८ खर्बको सिलिङ दिएको मलाई जानकारी आएको छ’ उनले भने ‘आवश्यकता कति छ र सम्भावना कति छ भन्ने कोणबाट छलफल भइरहेको छ ।’

सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको थियो। तर, मध्यावधि मूल्यांकन गर्दै खर्च हुन सक्ने बजेट भने १५ खर्ब ३० अर्ब आँकलन गरिएको छ। अहिले अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणमा व्यस्त भएको छ ।

अर्थमन्त्रालयका अनुसार बजेटको कार्यान्वयन र बढीभन्दा बढी बजेट खर्च गर्नको लागि प्रक्रियागत ढंगले बजेट निर्माणको काम भइरहेको छ । बजेट निर्माणका अर्थमन्त्रालयले कार्यतालिका बनाएर काम गरिहरेको बुझिएको छ ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार १५:१९