सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ काराेेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ काराेेबार ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा तोलामा छ सय रुपैंयाले वृद्धि भएको हो।

आज छापावाला सुनको मूल्य प्रतितेला एक लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य पनि तोलामा छ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख १६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँ थियो ।

आज चाँदीका मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार ११:३६