नेप्सेले गर्यो कम्पनीको वर्गीकरण, सबैभन्दा धेरै कम्पनी कुन वर्गमा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेले गर्यो कम्पनीको वर्गीकरण, सबैभन्दा धेरै कम्पनी कुन वर्गमा ?



काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको छ। नेप्सेले धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो ।

जसमा पुस मसान्तसम्मको विवरण अनुसार ३१ वटा कम्पनीहरु ‘ए’ वर्गमा परेको नेप्सेले जानकारी गराएको छ । ‘ए’ वर्गमा ८ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, एउटा फाइनान्स, ६ वटा माइक्रोफाइनान्स र ३ वटा हाइड्रोपावर रहेका छन् ।

यस्तै, नेपाल रिइन्सुरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट्य, नेपाल टेलिकम, हाइड्रोपावर इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक पनि ‘ए’ वर्गमा परेका छन् ।

यता, ‘बी’ वर्गमा ३५ वटा कम्पनी, ‘जी’ वर्गमा ७० वटा र ‘जेट’ वर्गमा १३५ वटा कम्पनी रहेका छन् । नेप्सेले सूचीकृत कम्पनीहरुलाई ‘ए’ ‘बी’ ‘जी’ र ‘जेट’ गरी ४ समूहमा वर्गीकरण गर्दै आएको छ ।

नेप्सेले वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन पनि आग्रह गरेको छ ।

प्रकाशित : ३ फाल्गुन २०८०, बिहीबार १८:००