डिप्रोक्स लघुवित्तकाे लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डिप्रोक्स लघुवित्तकाे लाभांश घोषणा



काठमाडौं । डिप्रोक्स लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ३ गते सम्पन्न संचालक समिति आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३२ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रकाशित : ३ फाल्गुन २०८०, बिहीबार १७:०६