सेयर बजारमा सामान्य सुधार, लगानीकर्ताको आकर्षण वित्त कम्पनीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य सुधार, लगानीकर्ताको आकर्षण वित्त कम्पनीमा



काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज बजार ५.९१ अंकले बढेर परिसूचक २०७६.५० बिन्दु रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स २.२७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक बढेको छ।

कारोबार भएका ३०२ कम्पनीको एक करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुदाँ चार अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा विकास बैंक ९६.०७, वित्त ११६.४४, उत्पादन तथा प्रशोधन ५.९४, माइक्रोफाइनान्स १२.५८ निर्जीबन बिमा ४३.७० र अन्य समूहको उपसूचक १८.८० अंकले बढेको छ । कारोबारमा बैंकिङ समूहको २.०९, होटल ८.०१, जलविद्युत ३.७५, जीवन बिमा समूहको उपसूचक २८.७२ अंकले घटेको छ ।

कारोबारमा नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु), पाँचथर पावर कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, दोर्दी खोला जलविद्युत कम्पनी र पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १७ करोड १७ लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार १५:४१