नेप्से परिसूचक ३०.५६ अंकले घट्याे, चार अर्ब ६६ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ३०.५६ अंकले घट्याे, चार अर्ब ६६ करोडकाे काराेबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक ३०.५६ अंक घटेर २०७०.५९ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंक घटेको छ।

आज ३०५ कम्पनीको चार अर्ब ६६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको एक करोड २१ लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ।

आज कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ १२.४४, विकास बैंक ९९.२५, वित्त ४०, होटल ९८.९७, जलविद्युत १६.०९, जीवन बिमा १८७.७३, उत्पादन तथा प्रशोधन ५९.८५, माइक्रोफाइनान्स ५७.९१, निर्जीबन बिमा १९७.९७, अन्य ४०.८४ र ट्रेडिङ समूहको उपसूचक १४.८५ अंकले घटेको छ ।

आज बजार घटेपनि बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माइ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै कारोबारमा आएको गुराँस लघुवित्तका लगानीकर्ताले भने आज सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स पहिलो स्थानमा छ । कम्पनीको ३२ करोड ५० लाख ४५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : 13 February, 2024 3:41 pm