सान्जेन जलविद्युतले बनायो सेयरधनीको हातखाली, साधारण सभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सान्जेन जलविद्युतले बनायो सेयरधनीको हातखाली, साधारण सभा आह्वान



काठमाडौं। सान्जेन जलविद्युत कम्पनी लिमिटेडले यस पटक लाभांश नदिने भएको छ। कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो ।

साथै उक्त बैठकले आगामी चैत ५ गतेका लागि कम्पनीको १३ औँ वार्षिक साधारण सभा समेत डाकेको छ ।

उक्त सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गर्नुका साथै सर्वसाधारण सेयरधनी समूह ख को प्रतिनिधित्व गर्ने १ जना महिलासहित २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिने जनाएको छ ।

प्रकाशित : १ फाल्गुन २०८०, मंगलवार ११:०४