हिमालयन लाइफ इन्स्योरेन्सले छ महिनामा कमायो ३७ करोड ७१ लाख नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

हिमालयन लाइफ इन्स्योरेन्सले छ महिनामा कमायो ३७ करोड ७१ लाख नाफा



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा गत बर्षको तुलनामा ८.२४ प्रतिशतले घटेको छ ।

गत वर्ष ३७ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको यस कम्पनीले यस अवधिसम्ममा ३४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने बढेको छ । यसको उक्त आम्दानी दुई अर्ब ४६ करोड रुपैयाँबाट बढेर दुई अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यसको कुल दावी भुक्तानी तीन अर्ब नौं करोड ४५ लाख रुपैयाँ रहेको छ । गत वर्ष दुई अर्ब ६५ करोड थियो । हाल यस कम्पनीको चुक्ता पुँजी आठ अर्ब दुई करोड तीन लाख ८३ हजार रुपैयाँ रहेको छ ।

यसको रिटेन्ड अर्निङमा एक अर्ब ३० करोड रुपैयाँ रहेको छ । यसको जीवन बिमा कोषमा ५८ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले सात अर्ब ८९ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ८.२९ प्रतिशतले धेरै हो । गत वर्ष यसले सात अर्ब २८ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०४ पैसा छ ।

प्रतिसेयर नेटवर्थ भने १२१ रुपैयाँ ६२ पैसा रहेको छ ।

प्रकाशित : 12 February, 2024 12:23 pm