नेपाल इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि



काठमाडौं । नेपाल इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २३२.३४ प्रतिशतले बढेर ४९ करोड ७७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा १४ करोड ९७ लाख ८७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

यस अवधिमा कर्जा तथा लगानीबाट ७१ करोड ४३ लाख ५३ हजार रुपैयाँ आम्दानी भएको छ । गत वर्षको यसैअवधिमा कर्जा तथा लगानीबाट यस कम्पनीले १६ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

खुद बिमा शुल्क आर्जन पनि ५.९५ प्रतिशतले बढेर २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ पुगेको छ । नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १० प्रतिशतले बढेर एक अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ पुगेको छ । खुद नाफामा भारी वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि ४०.६१ रुपैयाँले बढेर ६०.५५ रुपैयाँ पुगेको छ ।

गत वर्ष प्रतिसेयर आम्दानी २०.०४ रुपैयाँ रहेको थियो । प्रतिसेयर नेटवर्थ २०६.१४ रुपैयाँ छ ।

प्रकाशित : २९ माघ २०८०, सोमबार १२:१६