सुनको भाउ स्थिर, चाँदीको कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको भाउ स्थिर, चाँदीको कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । सोमबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २९ माघ २०८०, सोमबार ११:४०