सेयर बजारमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । सेयर बजारमा आइतबार दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १०.५० अंकले घटेर परिसूचक २०८५.८२ बिन्दुमा रोकिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ।

३०५ कम्पनीको एक करोड पाँच लाख ७१ हजार १९९ कित्ता सेयर चार अर्ब आठ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् ।

बैंकिङ समूहको ९.०१, वित्त ९.६१, होटल ८८.०८, जीवन बिमा ३०.५०, उत्पादन तथा प्रशोधन १६८ माइक्रोफाइनान्स १६.०४, निर्जीबन बिमा समूहको उपसूचक ४२.६२ अंकले घटेको छ।

समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ६२ करोड ४७ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित : २८ माघ २०८०, आईतवार १६:१३