नेप्से परिसूचक समान्य अंकले बढ्याे, तीन अर्ब २१ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक समान्य अंकले बढ्याे, तीन अर्ब २१ करोडकाे काराेबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक समान्य अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ५.७४ अंक बढेर २०९६.३८ विन्दुमा पुगेको हो।

आज ३१७ कम्पनीको ९१ लाख १७ हजारभन्दा बढी कित्ता सेयर तीन अर्ब २१ करोड २२ लाख ८३ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा समाज लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने, त्रिशुली जलविद्युत कम्पनीको सेयर पनी उच्च अंकले बढेको छ । साथै आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का लगानीकर्ताले सर्वाधिक ग्ुमाएका छन् ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १८ करोड ८७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : २५ माघ २०८०, बिहीबार १५:४९